प्रधानमन्त्री कप एनभिए: हेल्प नेपाल च्याम्पियन

महिलातर्फ पुलिस च्याम्पियन

पाेखरा | जेठ १५, २०८२

प्रधानमन्त्री कप एनभिए: हेल्प नेपाल च्याम्पियन

पोखरा:   पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल च्याम्पियन भएको छ । 


पोखरा रंगशालाको कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले गण्डकी प्रदेशलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रतियोगितामा च्याम्पियन भएको हो । 


हेल्प नेपालले गण्डकी प्रदेशलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र पाँचौ तथा निर्णायक सेट १५–८ को जित निकाल्यो । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । 


पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । 


पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २३–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट ३०–२८ ले जित्यो । पुलिसले चौथो सेट २५–१५ को जित निकाल्यो । 


च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । 


यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 


थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो । 


यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो । 


नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्